You are viewing the translated version of कर्मचारीलाई सजाय.

Section 65
कर्मचारीलाई सजाय
(१) भन्सार सम्बन्धी काम गर्ने कुनै निजामती कर्मचारीलाई प्रचलित निजामती सेवा ऐन तथा नियमावली बमोजिम विभागीय कारबाही चलाइएकोमा सो ऐन तथा नियमावलीमा तोकिएको सजाय मात्र अपर्याप्त भयो भन्ने अख्तियारवालालाई लागेमा सो सजाय माथि सो ऐन तथा नियमावलीमा तोकिएको अख्तियारवालाले देहायका कामबाट कसैलाई भएको नोक्सानी सबै वा केही निज कर्मचारीको जायजातबाट असुल उपर गरी भराउने आदेश दिन समेत सक्नेछः-

(क) यस ऐनको व्यवस्था जानाजानी उल्लङ्घन गरेको, वा

(ख) नेपाल सरकारलाई हानि नोक्सानी हुने गरी कुनै काम जानाजानी वा बदनीयत पूर्वक गरेको, वा

(ग) कुनै मालवस्तुको सम्बन्धमा असल नियतले यस ऐन बमोजिम आफ्नो ओह?र।ाको कर्तव्य पालन गरेकोमा बाहेक ओहदाको हैसियतले आफूले जानेबुझेको कुनै विवरण आफ्नो वा अन्य कसैको फाइदाको लागि वा कसैलाई नोक्सान पार्ने नियतले प्रकाश गरेमा वा आफूलाई सुम्पेको गोप्य राख्नुपर्ने काम कुरा कसैलाई देखाएमा वा कसैलाई दिएमा ।

(२) यस ऐन बमोजिम अख्तियारवालाले दिएको आदेश उपर सम्बन्धित कर्मचारीले प्रचलित निजामती सेवा ऐन तथा नियमावली अनुसारको अख्तियारवाला समक्ष पुनरावेदन दिन सक्नेछ र त्यस्तो अख्तियारवालाले सोही ऐन तथा नियमावली बमोजिम पुनरावेदनको किनारा गर्नेछ ।

(३) यस दफा बमोजिम भएको जरिबाना असुल गर्दा अख्तियारवालाले अदालती दण्ड जरिबाना असुल: गर्ने सम्बन्धी प्रचलित कानूनको प्रयोग गरी सोही बमोजिम असुल उपर गर्न सक्नेछ ।

(४) यस दफामा लेखिएको कुनै कुराले पनि कसूर गर्ने कर्मचारी उपर अदालती कारबाही चलाउन सकिने प्रचलित कानूनको व्यवस्थामा कुनै बाधा पारेको मानिने छैन ।

तर अदालती कारबाही चलिसकेपछि यस दफा बमोजिम कारबाही चलाइने छैन ।